काठमाडौँ । लोक स्वरसम्राट राजु परीयारको आवाजमा मर्मस्पर्शि गीत काटे पलाउँछ सार्वजनिक भएको छ ।

नेत्र अर्यालको शब्द सिर्जनामा राजु सुनामको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतमा राजुलाई गायिका मेनुका परीयारले स्वरमा साथ दिएकी छन् । वान.डि.भि.रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड भएको गीतको अडियोलाई एच.बि.एन.किस्मतले मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन ।

बियोगान्त कथाबस्तु समेटीएको गीत काटे पलाउँछको म्युजिक भिडियोमा ओम बिकलसंगै साया भण्डारीको अभिनय रहेको छ भने भिडियोलाई शिब बि।क।ले निर्देशन गरेका हुन । रक कौशलको छायाकंन र रबिन बि।क।को सम्पादन रहेको गीतको भिडियोलाई रंगदर्पण युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

काटे पलाउँछ गीतको अडियो भिडियो रिलिज अगावै टिकटकमा सर्वाधिक चर्चा कमाउन सफल भएको थियो । भिडियोले पनि दर्शकको भरपुर माया पाउने कुरामा निर्माण पक्ष विश्वस्त छ ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय