इन्द्रावती बहुमुखी क्यापसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि संयुक्त्त विद्यार्थी गठबन्धन(अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन) ले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन २०७९ केन्द्रित चियापान कार्यक्रमका बीच आज क्याम्पसमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

No description available.
कार्यक्रममा वास्तविक विद्यार्थीको पक्षमा नभई फर्जी विद्यार्थीहरुको भर्ना गर्ने र आर्थिक प्रलोभनकै पक्षमा जित निकाल्ने भ्रमका साथ अभियानमा होमिएका प्रतिस्पर्धी अन्य उम्मेदवारहरुको भ्रममा नपर्न संयुक्त्त विद्यार्थी ंगठबन्धनका सभापति पदका उम्मेदवार् किसन दुलालले आग्रह गर्नुभयो । उहाँले शैक्षिक ऋणको लागि समेत आफुले नियम अनुसार बैंक तथा बित्तीय सस्थामा समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो । बिद्यालयमा शैक्षिक गतिविधि गुणस्तरीय बनाउनका लागि आफुले सधै पहल गर्ने बताउनुभयो ।
स्ववियु निर्वाचनमा संयुक्त प्यानलको विजय पश्चात् इन्द्रावती बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको वार्षिक शुल्कमा ५०% कम गर्ने योजना बनिसकेको हुँदा तुरुन्त कार्यान्वयन गरिने पनि दुलालले बताउनुभयो ।
वास्तविक विद्यार्थीको पक्षमा काम गर्नकै लागि गंठबन्धन गरिएको हुनाले संयुक्त्त विद्यार्थी ंगठबन्धनलाई मतदान गर्न सभापति पदका उम्मेदवार् किसन दुलालले अपिल गर्नुभयो ।
कार्यक्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष लक्ष्मण सिलवालले जिल्ला भर नेविसंघ पैसाको आडमा शैक्षिक राजनिती धमिलाउने उद्देश्यले अगाडि बढेको आरोप लगाउनुभयो । उहाँले शैक्षिक संस्थामा निर्वाचन जित्नकै लागि ठेकेदारी प्रणालिमा लाखौँको भर्ना गर्ने र वास्तविक विद्यार्थी लाई नेतृत्वबाट वन्चित गर्ने मात्र नभइ वास्तविक विद्यार्थीको मतको कुनै कदर नहुने वातावरणको अन्त्यको लागि यो गठबन्धन अत्यन्तै आवश्यक रहेको दाबी गर्नुभयो ।
अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला अध्यक्ष क्षितिज तामाङले अबको यो गठबन्धको सफलता पश्चात शैक्षिक क्षेत्रमा मैलाउदो विकृति र पैसाकै आडमा निर्वाचन जित्छु भन्ने मनोभावना बोकेका विद्यार्थी संगठन निर्वाचनको नाम सुन्ने बितिकै भागाभाग हुने परिस्थिति सृजना हुने बताउनुभयो ।
यो पटक इन्द्रावती बहुमुखी क्याम्पसमा भर्नाको अन्तिम दिन अराजक शैलीमा भर्ना गरिएका मतले मात्र निर्वाचन नजितिने अध्यक्ष द्वयको भनाइ छ ।
अध्यक्ष द्वयले वास्तविक विद्यार्थी को समर्थन संयुक्त प्यानलको उम्मेदवार प्रती रहेको सन्देश प्रवाहको लागि समेत यस पटकको निर्वाचनमा संयुत्त प्यानलको उम्मेदवारहरुलाई मत प्रदान गरि विजयी गराउन अपिल समेत गर्नुभयो ।

No description available.
सार्वजनिक प्रतिवद्धता पत्रमा क्याम्पस भित्र नै व्यवस्थित स्यानिटरि प्याडको व्यवस्थापन गरिने, अनलाई रेकर्डिङ कक्षाको व्यवस्थापन, आगामी शैक्षिक सत्र देखि नै स्थायी परीक्षा केन्द्रको स्थापना गरिने, शिक्षक लाइसेन्स तयारी सहित विभिन्न आयोग तयारी कक्षा संचालन गर्ने, शैक्षिक कर्जाको लागि स्ववियु कै नेतृत्वमा बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिने लगायत समग्र शैक्षिक एवम् भौतिक गुणस्तरको लागी पहल कदमी गर्ने कुराहरु उल्लेख गरिएको छ ।
कार्यक्रममा अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला कमिटिका अध्यक्षहरु क्रमशः लक्ष्मण सिलवाल र क्षितिज तामाङ सहित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेता कमरेडहरु एंव नेकपा एमाले मेलम्ची नगरपालिका वडा नं-११ कमिटीका अध्यक्ष कृष्ण बहादुर दुलालको समेत उपस्थिती रहेको थियो।

प्रतिवद्धता पत्र

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय