सिन्धुपाल्चोक । द्वन्द्वकालको उद्गमस्थलको रुपमा परिचित गाउँ हो कुविण्डे । र,सोही गाउँका नेता हुन् अग्नि प्रसाद सापकोटा । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता सापकोटा भर्खरै समयसीमा सकिएको संददको सभामुख समेत हुन् ।

संसदीय राजनीतिमा तीब्र ईच्छा राख्दाराख्दै पनि आफ्नै भतिज माधव सापकोटाले सो क्षेत्रमा उम्मेदवार बन्ने चाहाना राख्दा उनी पछि हटेका थिए ।

उनै सापकोटाको आँगनमा नेकपा (एमाले)का नेता तथा उम्मेदवार सरेश नेपाललाई कुविण्डेका जनताले भब्य स्वागत गरेका छन् । सोमबार आसन्न निर्वाचनको प्रचार तथा घरदैलो कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नंम्वर एकका एमाले उम्मेदवार नेपाललाई कुविण्डेबासीले जीतको शुभकामना ब्यक्त गरेका हुन् ।

नेपालसँगै सोही प्रदेशका एमाले उम्मेदवार होमनारायण श्रेष्ठ र प्रतिनिधिसभा २ (१)का एमाले उम्मेदवार अमानसिं तामाडलाई भब्य स्वागत गरेका हुन् । परिवर्तनको आशमा लामो समय माओवादीलाई समर्थन गर्दा पनि माओवादीबाट अपेक्षित नतिजा नआउने निश्कर्षसहित कुविण्डेबासीले विकल्पको खोजी गरिरहेको बताएका छन् ।

देश र जनताको हीतमा लाग्ने पार्टी एकाले नै रहेकोले एमालेका उम्मेदवारलाई जिताउन आफूहरु आतुर रहेको कुविण्डेका स्थानीय बताउँछन् । कुविण्डेको सपना साकार बनाउन र समृद्धिको लहर फैलाउन म र हाम्रो पार्टी प्रतिवद्ध छ प्रतिनिधिसभा १ का उम्मेदवार नेपालले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय