सिन्धुपाल्चोक । कमला देवी माध्यमिक विद्यालय आँपचाैरका दुई शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीमाथि याैन दुर्व्यवहार गरेकाे आराेपमा विद्यालयका शिक्षक कविराज पौडेल र सुरेन्द्र कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

याैन दुर्व्यवहार गरेकाे उजुरीका आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । 

शुभटाइम डटकमसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘अहिले अनुसन्धानकै क्रममा छ । यसबारे मुद्दा चल्ने नचल्ने अनुसन्धान पछि थाहा हुन्छ ।’

यसबारे थप अनुसन्धान भइरहेकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय