सिन्धुपाल्चोक । ‘स्वास्थ्य अनुशासन,लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’, भन्ने मूल नाराका साथ पाँचौँ हेलम्बु खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । 

न्यु राइजिङ युवा क्लबको आयोजनामा ६ दिने फुटबल प्रतियोगिता हुने भएको हो । २० माघ देखि २६ गतेसम्म हुने कार्यक्रममा टिम दर्ताका लागि १० हजार दस्तुर बझाउनुपर्ने आयोजकले जनाएको छ ।

टिम दर्ता १ गतेदेखि १७ गतेसम्म गर्न सकिने न्यु राइजिङ युवा क्लबका अध्यक्ष सुनिल दोङ तामाङले बताउनुभयो । उहाँका अनुसार खेल राइजिङ खेल मैदान गणेश बगरमा हुने छ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । त्यस्तै द्वितीय हुनेले ५० हजार प्राप्त गर्नेछन् । ल्लोछार पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम पनि हुने अध्यक्ष तामाङले बताउनुभयो । प्रतियोगिताको संरक्षक हेलम्बु गाउँपालिका रहेको छ । त्यस्तै मिडिया पार्टनरमा रेडियो मेलम्ची,जन्मभूमि पोष्ट,हेलम्बु मिडिया रहेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय