सिन्धुपाल्चोक । मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पूर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको छ । फाउण्डेसनका अध्यक्ष बालकृष्ण देउजाले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्रमा जिल्लाले शिलशिलेवार ढंगले भोगेका विपद् औल्याउँदै आगामी दिनमा जोखिमपूर्ण वस्ती स्थानान्तरण, खाद्य तथा औषधीको सुरक्षित भण्डारण, अक्सिजन तथा प्राथमिक उपचारको तयारी, स्थानीय समुदायलाई जनचेतना प्रवाहलगायतका विषय उल्लेख गरिएको छ । पत्रमा विभिन्न सममयमा भएका प्राकृतिक विपद्बाट भएका क्षतिको उल्लेख गर्दै पूनस्थापना र पूननिर्माणमा ध्यान दिन सरकार समक्ष आग्रह समेत गरिएको छ ।

फाउण्डेसनले गराएको ध्यानाकर्षण पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले उपलब्ध स्रोत तथा शक्ति परिचालनको ब्यवस्थापन मिलाईएको जानकारि दिनुभयो ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका जिल्ला सचिव यज्ञ सापकोटा, नेकपा एमालेका नेताहरु अमानसिं तामाङ, बालकुमारी सापकोटा, रामचन्द्र वस्नेतलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय