सिन्धुपाल्चोक । मङ्गलवार साँझ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा अपत्यारिलो बीभत्स घटना घट्यो । आफ्नै आमा चन्द्रकुमारी भुजेलले आफैँले जन्म दिएको जेठो छोरा रमेश भुजेललाई ज्यान लिने गरी शरीरका विभिन्न अङ्ग अङ्गमा खुकुरी प्रहार गरी हत्याको प्रयास गरिन् । खुकुरी प्रहारबाट चिन्ताजनक अवस्थामा रहेका रमेशलाई स्थानीयले देखेपछि उद्धारको प्रयास गरे । उद्धारका लागि स्थानीयले गाउँपालिका अध्यक्ष झम्क नेपाललाई एम्बुलेन्स व्यवस्थापनका लागि आग्रह गरे । र,सोहिअनुसार तत्कालै एम्बुलेन्स चालकको चाजोँपाजोँ मिलाएर बिरामीलाई अस्पतालसम्म पुर्याईयो ।

तर,स्थानीयवासीले बुधवार दिउँसो इन्द्रावती गाउँपालिकाको भवन घेराउ गरे । स्थायी चालक नराखेको भन्दै गाउँपालिका अध्यक्ष झम्क नेपालविरुद्ध चर्का नाराबाजी लगाए । इन्द्रावती गाउँपालिकाको आफ्नै एम्बुलेन्समा अस्थायी चालक छन् । निर्वाचन आयोगको आचार संहिताका कारण चालकलाई नियुत्ति दिन नसकेको हो ।

इन्द्रावती गाउँपालिकाभर ४ वटा एम्बुलेन्स सञ्चालनमा छन् । इन्द्रावती गाउँपालिकाभर २४ घण्टे सेवाका लागि एम्बुलेन्सहरू उपलब्ध छन् । साविक भोटसिपा गाविस,साविक भिमटार गाविस,साविक सिपापोखरे गाविस,साविक बाँडेगाउँ गाविस (इन्डियन एम्बेसीले दिएको) साविक बाँडेगाउँ गाविसका लागि एम्बुलेन्स छ । चालक नियुक्त गर्न नसकेको भन्दै बुधवार इन्द्रावती गाउँपालिकाको भवन अगाडी स्थानीयवासीले गाउँपालिका अध्यक्षविरुद्ध आक्रोश पोखे ।

‘गाउँपालिकाको करारमा रहेका चालकको म्याद सकिएपछि अर्को चालक नियुक्तिको लागि निर्वाचन आयोगको आचार संहिताले छेक्छ अहिले हामीले अस्थायी चालक राखेका छौँ’,गाउँपालिका अध्यक्ष झम्क नेपालले बताए ।

‘इन्द्रावती गाउँपालिकाभर विभिन्न साविकका गाविसहरूमा ४ वटा एम्बुलेन्स सञ्चालनमा छन्’,उनले भने ।

एम्बुलेन्स हुँदा हुँदै अनावश्यक राजनीतिक बखडा झिकेको गाउँपालिकाका अध्यक्ष नेपालले बताए ।

‘एम्बुलेन्स पनि छ चालक पनि छन् चाहिएको के ?’,उनले भने ।

आफुलाई मृत्युदेखि डर नभएको भन्दै जनताको जीउ धनको सुरक्षामा अलिकति पनि कम हुन नदिने उनले बताए ।

‘इन्द्रावती गाउँपालिकाभर २४ सैँ घण्टा सेवाका लागि एम्बुलेन्सहरू उपलब्ध छन्,अनावश्यक राजनीतिक बखडा झिकेर फाईदा छैन’,उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय