सिन्धुपाल्चोक । अनेरास्ववियु मेलम्ची नगर कमिटीद्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा जाल्पा देवी माध्यमिक विद्यालय प्रथम भएको छ । 

जाल्पा देवीबाट प्रतिनिधित्व गर्नुभएका मन्दिरा धिताल प्रथम हुनुभएको हो । 

एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा शिला दनुवार द्वितीय हुनुभएको हो ।  

“सामाजिक र राजनीतिक परिवर्तनमा युवा विद्यार्थीको भूमिका” विषयक बतृत्वकला प्रतियोगितामा स्वीकार ढकाल तृतीय हुनुभएको छ । त्यस्तै सान्त्वना सुमित्रा खड्का हुनुभएको कार्यक्रम संयोजक संजिता चौलागाईंले जानकारी दिनुभयो । 

कार्यक्रममा मेलम्ची नगरपालिकाको उप-प्रमुख उमा प्रधान, अनेरास्ववियु केन्द्रीय सदस्य वैकुण्ठ लुइँटेल, अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष लक्ष्मण सिलवाल सचिव नवीन पाण्डेलगायत नेताहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय