मेलम्चीका अभियान्ता सागर श्रेष्ठको पहलमा सरस्वती माध्यमिक विद्यालय संरक्षण अभियानका लागि वकिङ नेपाली सेवा समाज युकेको तर्फबाट रु ३ लाख ५१ हजार १११ आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको छ ।

२०७८ असार १ र त्यसपछिको बाढीले क्षति गरेको र अझै पनि जोखिममा रहेको हेलम्बु गाउँपालिका–४ ग्याल्थुम स्थित सरस्वती माध्यमिक विद्यालय संरक्षणका लागि पुर्व विद्यार्थी समाज सरस्वती माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभियानमा उक्त रकम सहयोग गरिएको हो । वकिङ नेपाली सेवा समाज युकेको निवर्तमान अध्यक्ष आशा राइले विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद घोरासैनी लगायतको उपस्थितिमा उक्त रकम पुर्व विद्यार्थी समाजका पदाधिकारीलाई हस्तारतरण गर्नुभएको हो ।
निवर्तमान अध्यक्ष राइले संस्थाले बिभिन्न स्थानमा सहयोग गर्दै आएको बताउदै आफुले यो रकममा ६७ हजार व्यक्तिगत सहयोग गरेको र केहि समय पछि रु एक लाख थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पुर्व विद्याथी तथा अन्यबाट संकलित रकमबाट नदि नियन्त्रणका लागि प्राविधिक स्टमेट गराई विद्यालय अगाडि पक्की वाल लगाईने पुर्व विद्यार्थी समाजका उपाध्यक्ष देवीलाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।उहाँले करिव १०० मिटर पक्की वाल लगाउने उदेश्य रहेको बताउनुभयो ।
शैक्षिक गुणस्तर सुधारको लागि पनि पुर्व विद्यार्थीहरु लगायत अन्यसंग समन्वय गरि काम गरिने पुर्व विद्यार्थी समाजका सचिव गंगानाथ भण्डारीले जानकारी दिनुभयो । समाजले चाडैं विद्यालय संरक्षणको लागि काम सुरु गर्ने उहाँले बताउनुभयो ।
अभियान्ता श्रेष्ठले मेलम्चीमा आफ्नो अगुवाईमा बाढिबाट क्षति भएको स्थान तथा घरहरु सरसफाई एवं नदि नियन्त्रणका लागि कार्य गरेको स्मरण गर्दै यस विद्यालय र ग्याल्थुम बजार संरक्षणका लागि अझै पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले हेलम्बुको यस विद्यालय संरक्षणका लागि सहयोगको समन्वयका लागि युवा नेता विकल राई लगायतप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक घोरासैनी, पुर्व विद्यार्थी समाजका सल्लाहाकार एवं पुर्व प्रअ हरिकुमार शर्मा लगाययतले सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
यसै विच पुर्व विद्यार्थी सागर लामिछाने (उमाकान्त)ले पनि यस अभियानमा रु ५,५५५सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय