काठमाडौँ महानगरपालिका वडा नं। ६ बौद्ध, कुमारीगालमा रहेको अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३९ औँ स्थापना दिवसको अवसरमा मंगलबार विशिष्ट व्यक्तित्व अभिनन्दन गरेको छ । । इतिहासविद् प्रा। दिनेशराज पन्तको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको समुद्घाटन कार्यक््रmम अध्यक्ष, प्रमुख अतिथि, प्रतिष्ठानका संरक्षक र कार्यकारी प्रिन्सिपल एवम् अन्य विशिष्ट व्यक्तित्वहरूले संयुक्तरूपमा गर्नुभएको थियो । सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको उक्त कार्यक्रममा कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानका समग्र गतिविधिहरू उल्लेख गर्दै उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्नुका साथै कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा। दिनेशराज पन्तले प्रतिष्ठान गुठी अन्तर्गत सञ्चालित नेपालकै उत्कृष्ट एवम् गरिमामय संस्था भएको कुरा उल्लेख गर्नुभयो । संस्थाका संरक्षक बुद्धिबहादुर थापाले अभिनन्दित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै संस्थाको निरन्तर उन्नयनको कामना गर्नुभयो । कार्यक््रmमका अध्यक्ष ढुंगानाले अभिनन्दित व्यक्तित्वहरूको विशिष्टताका बारेमा प्रकाश पार्दै बधाई तथा धन्यवाद ज्ञापनसहित कार्यक््रmमको समापन गर्नुभयो ।

सो कार्यव्रmममा शताब्दी पुरुष डा।गौरीशङ्कर लाल दास, वाद्यसम्राट न्हुच्छेबहादुर डङ्गोल र लोकप्रिय गायिका कुन्ती मोक्तान एवम् २० वर्षे दीर्घसेवा सम्मान प्राप्त गर्ने शिक्षकहरू खेमराज ढकाल, कुमारमणी गजुरेल र दिपेश कुमार नकर्मीलाई अभिनन्दन गरिएको थियो । अभिनन्दित व्यक्तित्व डा। गौरीशङ्कर लाल दासले विभिन्न उदाहरणहरू प्रस्तुत गर्दै सारगर्भित भनाइहरूमार्फत् शिक्षकहरू तथा समग्र संस्थाप्रति सम्मान प्रकट गर्नुुभयो । वाद्यसम्राट श्री न्हुच्छेबहादुर डङ्गोलले अरुणिमा शैक्षिक प्रतिष्ठानबाट आफू सम्मानित हुनु भनेको नेपालकै सङ्गीतको सम्मान भएको भन्दै खुशि ब्यक्त गर्नुभयो । यो कुनै व्यक्ति विशेषलाई मात्र नभई संसारमा जो कोहीलाई पनि आवश्यक पर्ने भन्दै आफ्नो सङ्गीतिक प्रस्तुतिद्वारा मनोरञ्जन प्रदान गर्नुका साथै प्रतिभाहरूलाई अभिनन्दन गर्ने कार्यको निरन्तरताका लागि शुभेच्छा प्रकट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय