काठमाडौँ । नेकपा एमालेकी पोलिटब्युरो सदस्य सुजिता शाक्यले एक-एक थोपा शीत जम्मा गरेर अघि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ ।

पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भएको भन्दै उहाँले सबै सङ्गठित भएर होमिनुपर्ने बताउनुभयो ।

आइतबार नेकपा (एमाले) उपत्यका विशेष कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो,’हामी एक-एक थोपा शीत जम्मा गरेर अघि बढ्ने बेला आएको छ,अब हामीलाई पछाडि फर्कने छुट छैन ।’

उहाँले अब गम्भीर भएर सङ्गठन निर्माणमा लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

शाक्यले राष्ट्रलाई समृद्ध बनाउने अभियानमा अहिले चुनौती देखा परेको बताउनुभयो । ‘हामीबिच चुनौतीहरू खडा भर्का छन्,एमालेको जुन समृद्ध नेपाल बनाउने लक्ष्य थियो त्यसमा अहिले चुनौती देखिएको छ’,उहाँले भन्नुभयो ।

उहाँले नेपाल मानव सभ्यताको सुरुवात भएको भन्दै नेपाललाई समृद्ध बनाउन आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय