काठमाडौँ । गोकर्णेश्वर लाइट एकेडेमीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आज एक कार्यक्रमबिच शुभारम्भ भएको छ । 

३५ विद्यालय सहभागी कार्यक्रममा विद्यालयका प्रिन्सिपल सौर्य नाथ आचार्यको सभापतित्व तथा काठमाडौँ क्षेत्र नं ३ का नवनिर्वाचित सङ्घीय सांसद सन्तोष चालिसे प्रमुख आतिथ्य , प्रदेश सभा ३ (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्य विमल ठकुरी विशेष आतिथ्य,वडा अध्यक्ष जयराम महत,विद्यालय सञ्चालक समिति अध्यक्ष  झम्क नाथ पराजुली,निसानका महासचिव नवराज सापकोटा ,गणेश हिमाल स्कुलमा प्रिन्सिपल पुस्कारराज नेपाललगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा सेवी व्यक्तित्वहरूको आतिथ्यता तथा विभिन्न विद्यालयबाट भाग लिएका प्रतियोगी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

यसै अवसरमा काठमाडौँ क्षेत्र नं ३ का नवनिर्वाचित सङ्घीय सांसद सन्तोष चालिसे  र प्रदेश सभा ३ (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्य विमल ठकुरीलाई सम्मान गरेको छ।

विद्यालयका शिक्षक पशुपति सापकोटाद्वारा उद्घाटन सत्रको कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने  हाजिर जवाफको प्रश्नलाई विद्यालयका संयोजक मधुसूदन ढुङ्गाना ,आनन्द क्षेत्री र एलिना रिजालले सोध्नुभएको थियो।

३५ विद्यालय सम्मीलित कार्यक्रममा नबसुन्ताखान एकेडेमी ,अल्माइटी आइडियल स्कुल,नव अरुणिमा स्कुल,विद्या व्यायाम स्कुल,बाल सन्सार एकेडेमी ,कुण्डलिनी स्कुल,मदन भण्डारी स्कुल,मनकामना स्कुल,हिल साइड एकेडेमी,पल्स स्कुल,जीवन तारा एकेडेमी र टाइमलाइन स्कुल गरी १२ विद्यालय दोस्रो चरण मा प्रवेश गरेका थिए।   भोलि दोस्रो चरण बाट उत्कृष्ट ६ विद्यालय छनौट गरी फाइनल कार्यक्रम हुने छ।

 कार्यक्रममा प्रथम , द्वितीय , तृतीय हुने टिमलाई क्रमशः ७०००,५०००  र ३००० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र तथा बाकी तीन टिमलाई सान्त्वना स्वरूप सिल्ड प्रदान गरिने प्रिन्सिपल सौर्य आचार्यले हामीलाई जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय