सिन्धुपाल्चाेक । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा सिन्धुपाल्चाेकका १२ पालिकामध्ये इन्द्रावती गाउँपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा इन्द्रावतीले ९१ अङ्क प्राप्त गरेर सिन्धुपाल्चाेकका स्थानियतह मध्ये दोश्रो उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै इन्द्रावती जिल्लाकै दोश्रो भएकाे इन्द्रावती गाउँपालिकाका सुचना अधिकारी इ . सन्तोष सापकोटाले जानकारी दिनुभयो ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषय क्षेत्रमा इन्द्रावतिले जिल्लाकै दोश्रो उत्कृष्ट अङ्क ल्याउन सफल भएको बताइएको छ । एक सय पूर्णाङ्कमा इन्द्रावती गाउँपालिकाले ९१ अङ्क ल्याएको छ ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।

सिन्धुपाल्चाेकका कुन स्थानिय तहकाे कति अंक :

मेलम्ची नगरपालिका ९४.५, इन्द्रावती गाउँपालिका ९१, जुगल गाउँपालिका ९०.५, चाैतारा साँगाचाेकगढी नगरपालिका ८६, लिसङखु पाखर गाउँपालिका ८२, सुनकाेशी गाउँपालिका ८२, भाेटेकाेशी गाउँपालिका ८१.५, बलेफी गाउँपालिका ८१.५, बाह्रविसे नगरपालिका ७४.५, त्रिपुरासुन्दरी गाउँपालिका ७३, पाँचपाेखरी थाङपाल गाउँपालिका ७० र हेलम्बु गाउँपालिका ले भने यसमा सहभागिता जनाएकाे थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय