काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय बाहुनेपाटी, सिन्धुपाल्चोकद्वारा विमा दावी बापतको रकम हस्तान्तरण गरिएको छ ।

काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा न ४ नयाँगाउ घर भईं केन्द्र नं. ८९ मा विगत लामो समय देखी आवद्द भई बचत तथा कर्जा कारोवार गर्दै आएकी सदस्य कुमारी तामाङ्गको असामाहिक निधन भएकोले निज सदस्यको आत्माको चिर शान्तीको कामना गर्दै निजको श्रीमान टोकबहादुर तामाङ्गलाई विमा दावी रकम (रु.४,८०,०००/- कर्जाको विमा दावी रकम र रु.२५०००/- काज क्रिया खर्च) वडा अध्यक्ष श्री माईते सिंह तामाङ्ग द्धारा हस्तान्तरण गरीएको हो ।

वित्तीय साक्षरता तथा विमा दावी रकम हस्तान्तरण कार्यक्रममा मण्डनदेउपुर नगरपालिका वडा न ४ को वडा अध्यक्ष श्री माईते सिंह तामाङ्गले अन्य सदस्यहरुको समेत उपस्थीतीमा चेक मार्फत हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सोही वार्डमा रहेको केन्द्र १०० मा विगत लामो समय देखी आवद्द भई बचत तथा कर्जा कारोवार गर्र्दै आएकी अर्का सदस्य सरस्वती सार्कीको पनि असामाहिक निधन भएकोले निज सदस्यको आत्माको चिर शान्तीको कामना गर्दै निजको श्रीमान धन बहादुर सार्कीलाई विमा दावी रकम (रु.२५०,०००/- कर्जाको विमा दावी रकम र रु.२५०००/- काज क्रिया खर्च) हस्तान्तरण गरीएको छ ।

“अहिले देशभरीमा कर्जा नतिर्ने र तिर्न निरुत्साहित गर्ने प्रवृति बढ्दो क्रममा रहेको छ कर्जा भनेको नतिर्न लाई हैन लिएर सहि सदुपयोग गरी आयआर्जन गर्नको लागी हो, कर्जा लिने पनि हो र लिएर सहि सदुपयोग गरी तिर्नु पनि सदस्यको दायीत्व हो ।” वडा अध्यक्ष तामाङले भने ।

उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख राजाराम श्रेष्ठले संस्थाको सेवा सुविधाको वारेमा, वित्तीय साक्षरता सम्बधी जानकारी, अहिलेको वित्तीय क्षेत्रमा देखिएको आर्थिक मन्दी तरलता तथा ब्याजदर, नेपालको अर्थतन्त्रमा लघुवित्तले खेलेको महत्वपुर्ण भुमिका आदि बारेमा जानकारी गराएका थिए । साथै सबै ग्राहक सदस्यहरुलाई आफनो कर्जाको नियमित किस्ता तथा ब्याज बुझाई आवश्यक सहयोग गरिदिन सदस्यहरुलाई आग्रह समेत गरेका थिए।

संस्थाले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत रहेर विभिन्न शाखाको विभिन्न ठाउंमा गठन भएका समुहमा आवद्द आफ्ना सदस्यहरुको दुःख पिडा बाढी पहिरो हावाहुरी, लगायत सामाजिक संस्थान विद्यालय, मठ, मन्दीर, कला सांस्कृतीको प्रवद्र्धन तथा विकास जस्ता विभिन्न क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आईरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय