काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले फागुन २ गते देखि ४ गतेसम्म काठमाडौँमा राष्ट्रिय अधिवेशन गर्दै छ ।

२३ औँ राष्ट्रिय महाधिवेशनबाट अनेरास्ववियुको नेतृत्व कसले लिन्छ भन्ने चासो यति बेला सर्वत्र चुलिएको छ । अध्यक्षमा आफूसरह रहेका सबैको चाहना पूरा गर्नुभएका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने नेतृत्व लिने तरखरमा जुट्नुभएको छ । आगामी २ वर्षको लागि सङ्गठनको नेतृत्व लिने तरखरमा रहनुभएका लामिछानेले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ । 

नेतृत्व लिन कस्सिएर लाग्नुभएका उहाँ यो पटक कुनै हालतमा आफू ब्याक नहुने बताउनुहुन्छ । पटक-पटक धोखा खाइसक्नुभएका लामिछानेलाई ऐन महरपछिको अध्यक्ष भनेर थुम्थुम्याईएको थियो । 

तर उहाँ नमज्जाले पछारिन पुग्नुभयो । ऐन महरपछिको अध्यक्ष बन्ने सपना बुन्नुभएका लामिछाने अध्यक्ष बन्नबाट चुक्नुभयो । ऐन महरपछिको अनेरास्ववियुको नेतृत्व सुनिता बरालको हातमा पुग्यो । तर, यो पटक भने उहाँ पछारिने र हार खाने मनस्थितिमा नहरेको बताउनुहुन्छ । ‘ऐन महरपछि नै आरसी लामिछाने अध्यक्ष बन्ने भनेर म पछि हटेको थिएँ । म अहिले प्रमुख दाबेदार हो,’ उहाँले भन्नुभयो । ‘अब पछारिने र हार खाने मनस्थितिमा म छैन’,उहाँले थप्नुभयो ।  

विद्यार्थी आन्दोलनलाई नयाँ आयाममा पु¥याउन नयाँ ढङ्गबाट सोच्नुपर्ने भन्दै उहाँले त्यसका लागि आफूसँग विगतका अनुभव र भोलिको भविष्य रहेको बताउनुभयो । हाम्राे शिक्षालाई श्रमसित,श्रमलाई सिपसित, सिपलाई रोजगारीसित , रोजगारीलाई उत्पादन सित , उत्पादनलाई समृद्धिसित र समृद्धिलाई संविधानले परिकल्पना गरेको समाजवादउन्मुख प्रणालीसित जोड्नुपर्ने उहाँले बताउनुभयाे । 

‘नागरिकका मौलिक हकको रुपमा संविधानमा नै ग्यारेन्टी गरिएको शिक्षा ,स्वास्थ्य र रोजगारिको हक कार्यान्वयन गर्नु नै विद्यार्थी आन्दोलनको एउटा महत्वपुर्ण जिम्मेवारी हो।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय