काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल अन्तर जिल्ला कमिटी सिन्धुपाल्चोकको अध्यक्षमा अनिल सापकोटा निर्विरोध निर्वाचित भएका छन् । 

काठमाडौँको पेप्सिकोलास्थित सान बैँकेटमा शुक्रवार (आज) भएको दोश्रो अधिवेशनबाट सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । 

लामो समयदेखि राष्ट्रिय युवा सङ्घ नेपालमा आबद्ध रहेका सापकोटा यसअघि सह-संयोजकको भूमिकामा थिए । 

राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण हरि केसीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा बुद्ध तामाङ,सचिवमा रोजन श्रेष्ठ,सह सचिवमा गजेन्द्र गुरुङ,सह सचिवमा शशिला बस्नेत,कोषाध्यक्षमा रामेश्वर सिग्देल चयन गरेको छ । 

अधिवेशनबाट १७ सदस्यीय कमिटी निर्माण भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय