काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका पूर्व शिक्षक रामप्रसाद भण्डारी सम्मानित भएका छन् ।

ठोकर्पास्थित बाघभैरव माध्यमिक विद्यालयमा लामो समय अध्यापन गरेर शिक्षक भण्डारीलाई राष्ट्रिय शिक्षक सङ्गठन सुनकोशीले सम्मान गरेको हो । 

शुक्रवार आयोजित एक कार्यक्रमबीच सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले उनलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् । 

भण्डारी २०३६ साल फागुन ६ गतेदेखि शिक्षण पेसामा थिए । पेड्कुस्थित देवी प्राविबाट अस्थायी नियुक्ति लिएर शिक्षण सुरु गरेका उनले २०३७ साल भदौदेखि जनजागृति प्रावि कालिकाको प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेका छन् । 

२०५१ सालदेखि २०७६ साउनसम्म ठोकर्पास्थित बाघभैरब माविका गरी जम्मा साढे ३९ वर्ष शिक्षण सेवामा बताएका उनको कर्मलाई कदर गर्दै सम्मान गरिएको सङ्गठनले जनाएको छ ।

जीवनको ऊर्जाशील समय शिक्षण सेवामा खर्चेका भण्डारीलाई सम्मान गर्न पाउँदा आफूनै गर्वानुभूत भएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए ।

कार्यक्रममा पूर्व शिक्षक तोयानाथ प्याकुरेल र सानुकाजी अधिकारीलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय