सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्य तथा जुगल-४ का स्थानीय जनप्रतिनिधि जेपी सिलवालले श्री डल्ले पोखरी आधारभूत विद्यालयमा अध्ययन गर्ने करिव ८० जना विद्यार्थीहरुलाई कापी र झोला वितरण गरेका छन् ।

सो विद्यालयको विद्यार्थीहरुलाई किताब, कपी, शैक्षिक सामग्री आदि बोकेर घर-विद्यालय आउजाउ गर्न कठिन भएको भन्दै वितरण गरेका हुन् । “मैले जनप्रतिनिधि बापत पाएको भत्ताले नै सहयोग गरेको हुँ, यसैगरी क्रमशः अन्य विद्यालयमा वितरण गर्छु” उनले सकेको सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय