सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ ।
सहकारी दिवसको अवसर पारेर गाउँपालिकाले नौ कृषकलाई सम्मान गरेको हो ।

सबैभन्दा धेरै दूध उत्पादन गर्ने कृषक,तरकारी तथा फलफुल गर्ने कृषकहरुलाई पालिकाले सम्मान गरेको हो ।

कृषकहरुलाई प्रोत्साहन गर्ने अभिप्रायले सम्मान गरेको गाउँपालिकाका प्रवत्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो । उहाँले कृषकहरुको सम्मानमा गाउँपालिकाले विशेष चासो दिएको समेत बताउनुभयो ।

गाउँपालिकाले दूध उत्पादन गर्ने कृषकहरुलाई ४ रुपैयाँ अनुदान समेत दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय