मेलम्ची । मेलम्ची नगरपालिका कृषि विकास शाखा भवनको शिलान्यास भएको छ ।

आइबार एक समारोहका बिच सो भवनको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ र मेलम्ची नगरपालिका का उप प्रमुख उमा प्रधानले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

सो भवन कृषि तथा पशुपन्छी मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास योजना, आर्थिक कोरिडोर कार्यालय, धनकुटाको १ करोड, ६३ लाख ३१ हजार ६सय ८० रुपैयाँको लागतमा निर्माण हुन लागेको कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । 

शिलान्यास कार्यक्रममा प्रशासकीय अधिकृत झपेन्द्र राज खरेल नं.११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा नं.१० का वडा अध्यक्ष अमृत खनाल लागतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय