सिन्धुपाल्चोक । प्रथम रामबहादुर तामाङ स्मृति खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । 

बडा दसैँको सान्निध्यमा ‘न्यु जेनेरेसन अफ थाङपालकाेट’को आयोजना तथा पाँचपोखरी थाङपाल गाउँपालिका,पाँचपोखरी थाङपाल गाउँपालिका-४ को सह आयोजनामा कात्तिक २ गते प्रतियोगिता हुने भएको हो । 

थाङपालकोटमा हुने प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क बापत दश हजार तिर्नुपर्ने छ । त्यस्तै प्रतियोगितामा प्रथम हुने टिमले एक लाख हात पार्ने छन् । द्वितीय हुने टिमले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

सहभागी टिमले मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनायो । रामबहादुर तामाङ थाङपालकोटका पूर्व गाविस अध्यक्ष र पूर्व वडाध्यक्ष समेत हुन् । समाजसेवी तामाङको स्मृतिमा फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।sf] 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय