सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा पक्की पुल बनाउने निर्णय भएसंगै वृस्तृत सम्भाव्यता अध्ययन सूरु भएको छ ।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो | अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका  सहप्राध्यापक भरत मण्डलको टोली मेलम्ची आएको छ | टोलीले वृस्तृत अध्यन गरेर परियोजना प्रस्ताब तयार गर्ने मण्डलले बताउनु भयो |

संघ र प्रदेश सरकारले वेवास्ता गरेका कारण नगरपालिकाले आफ्नो श्रोतबाट पक्कि पुल निर्माण गर्न लागेको मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङ ज्यूले बताउनु भयो | तामाङका अनुसार पुल निर्माण पछि मेलम्ची नगरपालिकाको ११, ७ र ८ का साथै पाँचपोखरी र हेलम्बु गाउँ पालिकाका अधिकांस भेगका बासिन्दाले लाभ लिनेछन ।

मेलम्चीको पुर्वाधार निर्माण र समग्र विकासका लागि नगरले कुनै कसर बाकी नराख्ने नगर प्रमुख तामाङले बताउनु भयो । शनिबार अध्यनका क्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, वडा अध्यक्षहरु ७ का पासाङ तामाङ, ८ का जितबहादुर दोंङ, १० का अमृत खनाल र ११ का चन्द्रबहादुर तामाङ तथा लेखा अधिकृत मुरारी पुडासैनी, इन्जिनियर जितबहादुर कार्की लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय