सिन्धुपाल्चोक । सुर्यमुखी साना किसान कृषि सहकारी संस्था भोटेचौरले मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा अवस्थित शिवपुरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पोषाक तथा परिचयपत्र वितरण गरेको छ । सहकारीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मित्रलाल चौलागार्ईले पोषाक वितरण गर्दै सहकारी मार्फत विद्यार्थीलाई गरिएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । संस्थाले स्थापनाकालदेखि आर्थिक कारोबारसँगै विविध सामाजिक कार्यहरु गर्दै आएको बताउँदै अध्यक्ष चौलागाईले अहिले न्यानो पोषाक वितरण गरेको जानकारी दिनुभयो । जाडो सिजन शुरु हुँदै गर्दा पठनपाठनका थप सहजता होस भनी न्यानो कपडा र परिचयपत्र वितरण गरिएको संस्थाका प्रबन्धक गोविन्द नेपालले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवकी दंगालले जाडो समयका लागी न्यानो पोसाकले विद्यार्थीलाई पठन क्रियाकलापमा थप उर्जा मिल्ले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रम विद्यालय ब्यबस्थापन समिति,शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सामाजिक उत्तरदायित्व अन्र्तगत ५० जना विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको सहकारीकी सहायक प्रबन्धक विना पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय