सिन्धुपाल्चोक । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा नेपाल कुल भवन निर्माण उपभोक्ता समितिले रजाइँ गरेको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको १६ लाख २ हजार रुपैयाँको बजेटमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मा रहेको मानेस्वाँरामा कुल भवन उपभोक्ता समितिले कम लागतमा प्रदेशको बजेट पचाएको हो । 

आयोजनाको कुल लागत रु.१६ लाख २ हजार रहेकोमा आयोजना कार्यालयबाट बेहोर्ने रकम रु.१४ लाख ४० हजार रहेको छ र उपभोक्ता समितिबाट रु. १ लाख ६२ हजार रहेको छ । 

प्रदेश सरकारको बजेटमा आएको पैसाको दुरुपयोग भएको स्थानीयहरूको दाबी छ । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने,“यो सरासर बजेट पचाउने मेलो हो । त्यत्रो लागतमा यस्तो भवन बन्छ,”उनले आक्रोश पोखे । उनले उपभोक्ता समितिका मानिसहरूको मिलेमतोमा कम लागतमा लाजमर्दो भवन निर्माण गरेको दाबी गरे । 

उपभोक्ता समितिका सचिव विष्णु प्रसाद नेपाललाई सम्पर्क गर्दा उनले समाचार सच्याउन आग्रह गरे । भवन निर्माण मात्रै नभई शौचालय तथा धारा निर्माण समेत गरिएको दाबी गरे । “हामीले भवन निर्माण मात्र गरेका छैनौ,धारा शौचालयको समेत निर्माण गरेका छौँ”, उनले भने ।

उनले हामीसँगको सम्पर्कमा भने,“समाचार सच्याउनुहोला हामीले भवन निर्माण मात्र गरेका छैनौँ अन्य पूर्वाधारका काम समेत गरेका छौँ ।”

नेपालले समाचार सच्याउन आग्रह गरे पनि स्थानीयहरूले भने कुल भवनको नाममा उपभोक्ता समितिले बजेट झ्वाम पारेको दाबी गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय