विशाल आचार्य

सिन्धुपाल्चोकको क्षेत्र नम्बर दुईमा दुई बहादुरहरूले राज गरेको ११ वर्ष भयो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले १० वर्ष र  नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले १ वर्ष ।

दुई बहादुरहरू भाषणमा सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईलाई उथलपुथल पारिदिने शिल्पकार हुन् ।

कलात्मकरुपमा भाषणलाई जनताको मन मस्तिष्कमा सजिलै अटाउन सक्ने खुबी भएका  शिल्पकारहरू कहिले ‘बेलिबृज’ बुन्नमा व्यस्त हुन्छन् त कहिले दुई वर्षमै मेलम्ची कायापलट गर्ने सपना बुन्छन् ।

मिजासिला भाषणमा मेलम्चीवासी र क्षेत्र नम्बर दुईका जनतालाई पङ्गु बनाउन खप्पिस मोहन बहादुर बस्नेत क्षेत्र नम्बर एकमा टिकट नपाएपछि रन्थनिँदै क्षेत्र नम्बर दुईमा सरेका नेता हुन् ।

हार्ने निश्चित भएर क्षेत्र नम्बर दुईमा सरेका बस्नेतलाई चिट्ठा पर्‍यो । उनले चुनाव जिते । चुनाव जितेपछि मोहनका धक्कु र धाक क्षेत्र नम्बर दुईका जनताका लागि पत्याई नसक्नुको छ । मेलम्ची बेलिबृजका विषयमा मोहनले गरेको हर्कतले उनको तौल मेलम्ची वासिले जोखिसकेका छन् । सङ्घीय सरकारको बहालवाला मन्त्री बस्नेतको हर्कत र निरीहताले मेलम्ची वासी थप दिक्दार बनेका छन् ।

बहादुरहरुको निरीहतामा आइतमानको अस्त्र
मोहन र शेरबहादुरको निरीहतामा मेलम्ची नगरपालिकाले अस्त्र प्रयोग गरेका छ । निरीह दुई नेतालाई ‘थप्पड’ मार्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बिजोक रहेको साखु फट्केश्वर सडक खण्ड स्तरोन्नति गर्न नगरपालिकाले बजेट छुट्टाएर काम सुरु गरिसकेको छ । 

सिन्धुपाल्चोकको पश्चिम भेगका स्थानीय जनताको लागि लाइफलाइनको रुपमा रहेको र बहुचर्चित मेलम्ची खानेपानी मुहान क्षेत्रमा जाने छोटो दुरीका मुख्य मार्ग साँखु मेलम्ची सडक अन्तर्गत छाप भन्ज्याङ फट्केश्वर खण्डको सडक स्तरोन्नति कार्य सुरु भएको छ ।

मेलम्ची, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गरी ४ वाट पालिकाको मेरुदण्ड मानिने उक्त सडकमा अहिले ग्रेभलिंङ्ग र सम्म्याउने काम धमाधम भइरहेको छ । करिब ५ किमी दुरी रहेको उक्त सडक सङ्घ र प्रदेश सरकार द्वारा बेवास्ता गर्दा लामो समयदेखि स्थानीयले सास्ती भोग्दै आएका थिए । नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार सडक बोर्ड र नगरपालिकाको साझेदारीमा सो सडक स्तरन्नती गर्न लागेको हो ।

सङ्घ र प्रदेशको उपेक्षामा नगरपालिकाको सक्रियता

सङ्घ र प्रदेशको उपेक्षामा परेको मेलम्ची क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन मेलम्ची नगरपालिका सक्रिय भएको छ । मेलम्ची बाढीले तहसनहस बनाएको मेलम्ची क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन नगरपालिका एक्लै पौँठे जोरी खेलिरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय