काठमाडौँ । प्रथम नेशनल अवाकस च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । एलरोज एजुकेसनको आयोजनामा काठमाडौँमा आयोजित एक समारोहबीच नेेशनल कम्पिटिशन प्रतियोगिता सम्पन्न गरेको हो ।
करिव १५० जना सहभागी प्रतियोगितामा विभिन्न तहगत रूपमा पुरस्कार हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा च्याम्पियन अफ दी च्याम्पियन सर्वोत्कृष्ट दीप्सन श्रेष्ठ भएका थिए भने उत्कृष्ट प्रतियोगी दी च्याम्पियन शब्दास नेपाल भएका थिए । त्यस्तै, फस्ट रनर अपका रूपमा तयामी खालिङ राई, सेकेन्ड रनरअप सनया पोदार र थड रनरअपमा सरल थपलिया भएका थिए ।
विभिन्न ८ वटा तहगत रूपमा रहेका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगिताका सभापति एलरोज एजुकेशनका सञ्चालन अध्यक्ष लिरा पोख्रेल, प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठ्ठाराम अधिकारी, बुढानिलकण्ठ नगरपालिका वडा १२ का वडा अध्यक्ष शम्भु भट्टराई लगायतले ट्रफि प्रमाणपत्र तथा खादा सहित सम्मान गर्नुभएको थियो ।
प्रतियोगिता पश्चात् कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठ्ठाराम अधिकारीले, विद्यार्थीहरूको वैचारिक एवं दृष्टिगत परिवर्तनका लागि अवाकस कोर्सले निकै महत्त्वपूर्ण भुमिका खोल्ने उहाँले बताउनुभयो । त्यस्तै, नगर प्रमुख अधिकारीले प्रतियोगिता आफैंमा अगाडि बढ्ने र आफुभित्र रहेको क्षमता प्रस्तुत गर्ने माध्यम भएको उहाँले बताउनुभयो ।
त्यस्तै, वडाअध्यक्ष शम्भु भट्टराईले, अवकास विद्यार्थीहरूमा रहेको क्षमतालाई प्रस्तुत गर्ने माध्यम भएको बताउनुभयो । त्यस्तै, निजि तथा आवासीय विद्यालय संगठन प्याब्सनका अध्यक्ष राजन श्रेष्ठ धरातलले, ‘विद्यार्थीहरू भित्र रहेको क्षमतालाई प्रस्फुटन गर्नका लागि अवाकस कोर्सको आवश्यकता रहेको बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा अवाकर्ष कोर्सको सम्पूर्ण तहहरू पार गरेका तीन जना विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो ।
कार्यक्रममा बोल्दै एलरोज एजुकेसनका सञ्चालक अध्यक्ष लिरा पोख्रेलले, ‘ विद्यार्थीहरू बिचको क्षमता अभिवृद्धि सँगसँगै उनिहरू भित्रको क्षमतालाई अभिवृद्धि गर्ननका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले हरेक वर्ष यस प्रकारको प्रतियोगिता आयोजना गर्दै अगाडि बढ्ने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न तह र तप्काका व्यक्तित्वहरूको सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय