काठमाडाैँ । गत माघ २३ गते टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्पबाट प्रभावित टर्किस नागरिकका लागी नेपालको मानव अधिकार संरक्षण तथा मानवीय सहायतामा क्रियाशिल संस्था तथा विभिन्न समाजसेवी समुदायबाट आज राहत सामाग्री नेपाल सरकार राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत मानवीय सहायता स्थल त्रिभुन अन्तराष्ट्रिय विमानस्थल काठमान्डौलाई एक कार्यक्रमका विच बरिष्ठ मानव अधिकारकर्मी डा.सुन्दर थापा र १४ औं मानव अधिकार राष्ट्रिय महाभेलाको संयोजक मञ्जु गुरुङले संयुक्तरुपमा हस्तान्तरण गर्नभएको छ ।

भुकम्प प्रभावित टर्किस नागरिकहरुलाई नेपालको मानव अधिकार समुदायकोतर्फबाट विपदमा सानो सहयोग होस भन्ने मनसायका साथ राहत समाग्री पठाइएको मानव बरिष्ठ मानव अधिकारकर्मी तथा फ्रिडम फर अल नेपालका अध्यक्ष्य डा.सुन्दर थापाले बताउनु भयो ।

राहत सामाग्रीहरुमा ११०० पिस बलाङकेट, बलाङकेटको खोल,न्यानो टोपी , लगाएत करिव १४००००० लाख रुपैयाँ बराबरको राहत सामाग्री संकलन गरि नेपाल सरकार राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत मानवीय सहायता स्थल त्रिभुन अन्तराष्ट्रिय विमानस्थल काठमान्डौलाई हस्तान्तरण गरिएको १४ औं मानव अधिकार राष्ट्रिय महाभेलाको संयोजक मञ्जु गुरुङले बताउनु भयो । उक्त राहत सामाग्री फ्रिडम फर अल नेपाल (फान),पौरखी नेपाल,तमु सुखाति स्टोर, बौद्ध सेवा समिती आमा समुह,बोधिसत्व विहार र रोटरी कलब अफ महाराजगंज लगायत सुन्धारा स्थित विभिन्न होटल व्यवसायीहरुको सामुहिकरुपमा संकलन गरिएको थियो ।

मानवीय विपद तथा आपतकालीन अवस्थामा विपदमा परेको राष्ट्रलाई नेपालको नागरिक समाजको तर्फबाट राहत सामाग्री पठाउने कार्यले सकारात्मक संदेश दिएको मानव अधिकारकर्मी खगेन्द्र ओलीले बताउनु भयो ।

उक्त राहत सामाग्री नेपाल सरकार राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत टर्की पठाईने प्राधिकरणका शाखा अधिकृत मित्रदेव लम्सालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय