सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित मादलेश्वरी मन्दिरमा जात्रा लाग्ने भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर स्थानीयले भजन कीर्तनसहित जात्रा आयोजना गरेका हुन् । 

पाैष मसान्तको दिन भजन कीर्तनसहित बत्ती बाल्ने र जात्राको तयारी गरिरहेको वडा नम्बर ५ का वडाध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो । माघे सङ्क्रान्तिको बिहानै इन्द्रावती नदीमा फूलपाती सेलाउने कार्यक्रम रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । मादलेश्वरी मन्दिरकाे छुट्टै पाैराणिक महत्व रहेकाे उहाँले बताउनुभयाे । 

गाउँपालिका र स्थानीयको साझेदारीमा निर्माण गरिएको मन्दिर सजिसजाउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय