सिन्धुपाल्चोक । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ”प्रभातफेरी तथा विचार गोष्ठी“ कार्यक्रम सम्पन्न गरेको छ ।

चौतारीले आइतबार मेलम्चीमा एक कार्यक्रमबीच विचार गोष्ठी सम्पन्न गरेको हो ।

”समृद्ध नेपाल यात्रामा सञ्चार कर्मको भूमिका“ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी एमाले नेता,प्रेस चौतारीमा आबद्ध पत्रकार,विद्यार्थी नेता तथा स्थानीयहरूले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर अर्यालले पार्टीलाई जनता समक्ष स्थापित गर्न प्रेस चौतारीको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले समृद्ध यात्रामा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले ठुलो भूमिका खेलेको बताउनुभयो । स्थापना दिवसको शुभकामना दिनुहुँदै अर्यालले आगामी दिनमा चौतारीको भूमिका अझ फराकिलो हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण देउजाले नेकपा एमालेलाई सञ्चार क्षेत्रबाट चौतर्फी घेराबन्दीमा पारेको र त्यसको चिरफार चौतारीले गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै बुद्धिजीवी परिषद् सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठले निर्वाचनका बेला चौतारीले गरेको भूमिकाको प्रशंसा गर्नुभयो । स्थापना दिवसको शुभकामना दिनुहुँदै उहाँले प्रेस चौतारी सिन्धुपाल्चोकले योग्य पत्रकार जन्माउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोग सदस्य दिपक अर्यालले पार्टी र चौतारीबीच समन्वय हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो उहाँले पार्टी र चौतारीबीच निरन्तर छलफल र संवाद हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपमेयर एवं एमाले जिल्ला कमिटी सिन्धुपाल्चोककी उपाध्यक्ष उमा प्रधान,अनेरास्ववियु केन्द्रीय सदस्य वैकुण्ठ लुइँटेल,अनेरास्ववियु जिल्ला कमिटी सचिव नवीन पाण्डेलगायत नेता तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय