सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको बिहीबार शिलान्यास गरिएको छ । 

नगरप्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष गणेशबहादुर तामाङ लगायतले भवन शिलान्यास गर्नुभयो।

जुगल हिमशिखर र केदार निर्माण सेवा जेभिले २ करोड ८५ लाख ३ हजार तीन सयमा  ठेक्का पाएको ३ तल्ले भवन  १८ महिनामा  निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रोप्राइटर अमर दोङले जानकारी दिनुभयो।

नगर प्रमुख आइतमान तामाङले समयमै गुणस्तरीय कार्य गरी भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय