झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू विरुद्घ महिनौसम्म पैसा माग्ने काम भएको र त्यो कुरा नभएपछि केही पत्रकारहरुले झुटा समाचार प्रकाशन गरिरहेको बताउनुभएको छ ।

आज आफ्नो पेसबुक पेजमा लामो स्ट्याटस लेख्दै प्रसाइले आफु विरुद्घ समाचार लेख्ने झापाको पत्रकार पुजन घिमिरे आफै बरु मानव बन्धक तथा अपहरण मुद्दामा उच्च अदालत इलाममा मुद्दा खेपिरहेको व्यक्ति भएको आरोप लगाउनुभयो । घिमिरेले आफुसँग महिनौ अघिदेखि महिनाको पाँचलाखका दरले विज्ञापन वा कुनै नाममा पैसा दिन भनिरहे पनि आफुले नमाने पछि आफु विरुद्घ उस्ले भ्रम फैलाउन सुरु गरेको प्रसाईको भनाई छ ।

प्रसाइले पीत पत्रकार र बाग्र्रेनिङकारिता एक दिन सबै नाङ्गैझार हुने भन्दै आफुमाथि लगाइएका आरोप पुष्टि गर्न खुल्ला चुनौती दिनुभएको छ ।

प्रसाईले आफ्नो विएण्ड सी हस्पिटल २०६८ सालमै दर्ता हुँदा आफुसँग १६ विगाह १६ कठ्ठा जग्गा रहेको र त्यही आधारमा ६८ सालमा शिक्षा मन्त्रालयबाट एलओई लिईएको खुलाउनुभएको छ । प्रसाइले उक्त जग्गामा पछि आफुहरुले थप २ विगाह जग्गा किनेको भन्दै मिडियामा पाँच विगाहलाई १० विगाह बनाएको भन्ने समाचार प्रकाशन हुनु पितपत्रकारिता भएको बताउनुभयो । आफुसँग अस्पताल दर्ता गर्दा भएको जग्गलाई नै आफुले बैङ्कमा राखेर ७० सालमा ऋण लिएको उहाँले बताउनुभयो ।

मिडियामा आफुले ७१ सालमा जग्गा परिर्वतन गर्यो भन्ने समाचार आउनुले नै सबै सत्यलाई पर्दा हाल्न खोजिएको उहाँले बताउनुभयो । ७० सालअघि नै अस्पताल दर्ता छ, ऋण लिएको छु अनि त्यतीखेरै म सँग १८ विगाह जग्गा छ भने अब पाँचलाई १० विगाह बनाउन किन आवश्यक पर्यो रु प्रसाईको प्रश्न छ । प्रसाईले सत्य बुझ्ुन चाहनेले स्वास्थ्य मन्त्रालय, मालपोत तथा बैंकमा गएर आफुले बुझाएका कागजात जहिलेपनि हेर्न सक्ने बताउनुभयो । ‘म माथि लगाइएको तमाम झुटा आरोपहरू पुष्टि गर्न म खुल्ला चुनौती दिन चाहन्छु,सम्बन्धीत सबै निकायमा पनि सत्य जस्ताको तस्तै छ, हेर्न सक्नुहुन्छ ।’प्रसाईले भन्नुभएको छ ।

प्रसाइले आफु विरुद्घ समाचार लेख्ने पत्रकारले बरु गोरु तस्करी, सुपारी तस्करीसँग हप्ता उठाउने गरेको बताउनुभएको छ । ‘मेरो विरुद्ध समाचार लेख्ने पत्रकार बरु आफै किर्ते गर्ने र मानव अपहरणजस्ता केसमा मुद्दा खेपिरहेका व्यक्ति हुन, गोरु तस्करीसँग पैसा खाने, सुपारी तस्करीसँग हप्ता उठाउने,र अपहरण तथा मानव बन्धक केसमा आफै उच्च अदालत ईलाममा मुद्दा खेपिरहेको व्यक्तीले पत्रकारिताको आँडमा बाग्र्रेनिङ गर्न खोज्यो नमानेपछि मेरो चरित्रहत्या गर्ने काम गरेको हो ।’प्रसाईले फेसबुकमा लेख्नुभएको छ ।

प्रसाइले पटक पटक आफुसँग पैसा माग्ने पत्रकारको भण्डाफोर गर्ने चेतावनी दिनुभएको छ ।

‘मेरो विरुद्ध समाचार लेख्नेले मसँग यसअघि हस्पिटलको विज्ञापन वा केही नाउँमा महिनाको पाँच लाखका दरले पैसा दिन पटक पटक कुरा गरेको थियो । मैले त्यो नमान्दा आज म माथि कपोकल्पित समाचार प्रकाशन गर्ने काम भएको छ । म माथि लगाइएका तमाम ती आरोपहरूको सिधै खारेजी गर्न चाहन्छु ।’ प्रसाईले फेसबुकमा लेख्नुभएको छ ।

प्रसाईले आफु विरुद्ध लेखिएका झुटा समाचार खण्डन गर्न र लेख्ने पत्रकारको विगत, वर्तमान र चरित्र पनि राम्रोसँग बुझ्न आग्रह गर्नुभएको छ । प्रसाईले आफु विरुद्घ नियोजित ढँगले कु–प्रचार गरिएको भन्दै त्यस्ता भ्रमका पछि कोही नलाग्न हुन अनुरोघ गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय