सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा सिन्धु सञ्चार प्रा.लिको आयोजनामा तीन दिने ‘समाचार लेखनसिप तालिम’ शुक्रवार मेलम्चीमा सम्पन्न भएको छ ।

बुधवारदेखि सुरु भएको सो तालिम मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

समापन कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख उमा प्रधानले नगरपालिकाभित्रका नागरिकलाई नगरपालिकाले गरेको लगानीको उचित प्रतिफल आउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाको लगानीलाई खेर नफाली पत्रकारिता पेसामा आफ्नो भविष्य निर्माणमा लाग्न सहभागीहरूलाई आह्वान गर्नुभयो । “तपाईँहरूको यो बसाइँ केवल सिक्नको लागि मात्रै होइन,आफ्नो भविष्य निर्माणका लागि हो”,उहाँले भन्नुभयो ।

उपप्रमुख प्रधानले समाजलाई सुशिक्षित गर्न पत्रकारिता जगत् निकै महत्त्वपूर्ण रहेको भन्दै सहभागीहरूलाई मेलम्ची नगरपालिकाले गरेको लगानीलाई र तीन दिने बसाइँको भरपुर सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै तालिमका मुख्य प्रशिक्षक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले पत्रकारिता ज्ञान कुञ्ज रहेको भन्दै सहभागीहरूलाई पत्रकारिताको ज्ञान कुञ्जमा सामेल हुन आग्रह गर्नुभयो । तीन दिनकै बसाइँमा सबै ज्ञान हासिल गर्न नसकिने भन्दै पत्रकारितामा सिक्ने र सिकाउने प्रचलन रहिरहने उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति सिन्धु सञ्चार प्रा.लिका अध्यक्ष सुशील सुवेदीले नगरपालिकाको लगानीलाई खेर नफाल्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले बेला बेलामा नगरपालिकाले यस्ता तालिमहरु सञ्चालन गर्नुपर्र्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय