रञ्जन पाैडेल , काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा नं २ स्थित ऐतिहासिक रूद्रेश्वर महादेव मन्दिरकाे प्राङ्गणमा ६४ शिवलिङ्ग स्थापना यहि श्रावण २ गते हुने भएकाे छ ।

पूरा प्राचीन काल देखि नै बिशेष रुपमा पूजा आरधना हुने यस रुद्रेेश्वर मन्दिरमा अब स्थापना हुन लागेकाे ६४ शिवलिङ्गले मन्दिरकाे सुन्दरता र पवित्रता झनै बढनएकाे छ ।यस मन्दिरकाे नित्य पूजा आरति कालमाेचन गुठि अन्तर्गत सञ्चालन भैरहेकाे छ । ४ पुस्ता देखिनै पाैडेल कुल द्वारा यस मन्दिरमा नित्य पूजा आरति सञ्चालन भैरहेकाे छ भने अहिले यस मन्दिरकाे मूल पुजारी बिकास प्रसाद पाैडेल हुन्हुन्छ ।

स्थानीय भक्तजनकाे र अन्य दाताहरुकाे पहलमा यस रुद्रेेश्वव मन्दिरमा याे ऐतिहासिक कार्य (६४ शिवलिङ्ग स्थापना) हुन लागेकाे हाे ।

याे मन्दिर कुनै व्यक्ति द्वारा स्थापना भएकाे मन्दिर नभएर सत्य युग देखिनै यस मन्दिरकाे अस्तित्व रहेकाे पनि विभिन्न धर्म ग्रन्थमा पाईन्छ । स्कन्द पुराणमा समेत यस मन्दिरकाे वर्णन गरेकाे पनि हामी देखन अध्ययन गर्न सक्छौ । मन्दिरकाे प्रचार प्रसार नभएकाे कारण नै यस मन्दिर मानिसहरु सँँग ज्ञानकाे रूपमा मात्र रहेर नजर बाट टाढा रहेकाे हाे ।धर्म ग्रन्थकाे अध्ययन गर्ने सबै व्यक्तिले यस मन्दिरकाे महिमा जान्दछन र बुझेका छन , तर मन्दिरकाे प्रचार प्रसार नभएकै कारण मन्दिर पछि परेकाे देखिन्छ । काठमाडौंकाे उत्तर भेगकै सबैभन्दा ठुलाे शिवालयकाे रुपमा यस रुद्रेेश्वर महादेव मन्दिर रहेकाे छ ।

निकै प्राकृतिक र मनाेरम वातावरणमा रहेकाे यस मन्दिरमा हुन गैरहेकाे ६४ शिवलिङ्ग स्थापना र रुद्राभिषेक कार्यक्रमा सम्पुर्ण देशवासि भक्तजनमा हार्दिक निमन्त्रणा एवं स्वागत गर्दछौं ।

कार्यक्रम विवर्ण

-नित्य पूूजा ६बजे

-रुद्रााभिषेक आरम्भ ८ बजे

-प्राणप्रतिष्ठा १०:३०बजे

-महाभिषेक ११:४५ बजे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय