सिन्धुपाल्चोक । बाहिर जिल्लाका व्यवसायी तथा मजदुरहरूलाई चीनतर्फ प्रवेशका लागि अध्यागमन कार्यालयले दिएको पास स्थानीय जनप्रतिनिधिले खोस्न थालेका छन् । 

रसुवा नाका रहेको गोसाईंकुण्ड गाउँपालिकाका जनप्रतिनिधिले अध्यागमन कार्यालयको छाप र अधिकृतको हस्ताक्षर भएको प्रवेश पास खोसेर मजदुरलाई अलपत्र पारेको गुनासो छ ।  

वडा नम्बर एकका वडा अध्यक्ष उर्गेन तामाङले पास खोसेको मजदुरहरूले बताए । यद्यपि, केरुङ नाका भने वडा नम्बर दुईमा पर्दछ । 

झन्डै तीस जना मजदुरको पास खोसिएको कारण सिन्धुपाल्चोकलगायतका जिल्लाबाट गाडी लिएर त्यहाँ पुगेका  मजदुर अलपत्र परेको चालक भीमबहादुर तामाङले बताए । 

अध्यागमन कार्यालय रसुवाको समन्वयमा रसुवा भन्दा बाहिरका मजदुरलाई चीनतर्फ जानका लागि नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि अनुमति पत्र दिने व्यवस्था मिलाइएको छ । सो पत्र पनि जनप्रतिनिधिलेनै खोसेपछि राज्य नै नभएजस्तो अनुभव भएको एक चालकले बताए । यस विषयमा उजुरी गरे पनि स्थानीय प्रशासनले पनि खासै सुनुवाइ नगरेको तीस जना मजदुरहरू बताउँछन् ।  

विवादित वडाध्यक्ष 

वडा नम्बर एकका वडा अध्यक्ष उर्गेन चीनतर्फ जान नपाउने मध्येमा पर्दछन् । स्थानीय बासिन्दाका अनुसार अवैध सुन कारोबारमा उनको नाम प्रहरी प्रशासनसँग छ । ०७६, ०७७ का प्रतिवेदन अनुसार उनले अवैध तवरले सुनको कारोबार गरेको रसुवाका तत्कालीन प्रहरी प्रमुखले जानकारी दिए । प्रहरीका अनुसार गुण्डागर्दीमा पनि संलग्न उर्गेनलाई चिनियाँ व्यवसायीले पनि खोजी गरेका छन् ।

चीनको सीमामा उर्गेनको फोटो देखाउँदै चिनियाँ व्यवसायीले उनलाई खोजी गरिरहेका छन् । त्यसो त एक प्रहरी अधिकृतका अनुसार त्यति वेला चिनियाँ नागरिकले नेपालतर्फ नै प्रवेश गरेर उर्गेनका बारेमा खोजविन गरेका थिए । 

अवैध आर्जनकै आडमा वडा अध्यक्ष विजयी भएका उर्गेनले मजदुरलाई दुःख दिएका बारे अध्यागमन कार्यालयमा पनि जानकारी दिएका छन् । उर्गेन भने अध्यागमनमा पैसा खुवाएर पास लिएका कारण खोसिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय