काठमाडौँ। जातीय छुवाछुत अन्त्य गर्ने अभिप्रायले निर्माण भएको फिल्म ‘निरमाया’ले जापानबाट अन्तर्राष्ट्रिय प्रदर्शन थाल्ने भएको छ । 

मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा। लि। को ब्यानरमा निर्मित नेपाली सामाजिक चलचित्र ‘निरमाया’ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट सुरु हुने भएको हो । 

एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा फिल्मको जापानमा विशेष प्रदर्शनी हुन लागेको हो । अप्रिल २९ मा टोकियोको शिनओकुबोस्थित सोलमारी मुराहलमा फिल्म प्रदर्शन हुनेछ ।

एनोदर चान्स नेपालले जापान राइट्स लिएर फिल्मको प्रदर्शन गर्न लागेको हो । जापानका अन्य सहरहरुमा पनि फिल्म प्रदर्शनको तयारी भैरहेको फिल्म प्रस्तोता अनन्त तिमल्सिनाले जानकारी दिनुभयो । 

अन्य देशहरुमा प्रदर्शनमा आएपनि नेपालमा भने प्रदर्शनमा आउन सकेको छैन । अन्तर्राष्ट्रिय प्रदर्शन सकेपछि मात्रै नेपालमा प्रदर्शन गरिने प्रस्तुतकर्ता तिमल्सिनाले जानकारी दिनुभयो । 

मदानी मुभि एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई रमेश कोइरालाले निर्देशन गर्नुभएको छ । रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतको अभिनय रहेको छ । 

‘निरमाया’ अप्रिल २९ तारिक आइतबार टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा निरमाया प्रदर्शन हुँदै छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय