सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचनमा इन्द्रावती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा झम्क नेपालले उम्मेदवारी दिएका छन् । लामो समयदेखि नेकपा एमालेमा सक्रिय राजनीति गर्दै आइरहेका नेपालले यो पटक पुनः अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

 झम्क नेपालको राजनीतिक यात्रा 

२०३८ सालतिर काभ्रेको डेडिथुम्का माध्यमिक विद्यालयमा अध्ययनकै क्रममा थिए झम्क नेपाल । सानैदेखि चञ्चले र जिज्ञासु स्वभावका नेपालमा पहिलेदेखि नै नेकपा एमालेप्रतिको मोह थियो । नेकपा एमालेमा कसरी जाने के गर्ने यावत् कुराहरू उनीमा फुरिसकेको थिएन । त्यही बेला डेडिथुम्कामा अनेरास्ववियुको स्थापना भयो । त्यसै बेला उनले पनि एमालेको भातृ सङ्गठन अनेरास्ववियुमा सङ्गठित हुने मौका पाए । र,उनले त्यहीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरे । बिस्तारै उनी सङ्गठन विस्तार तर्फ अगाडी बढे । उनी २०४३ सालमा काठमाडौँको रत्न राज्य माध्यमिक विद्यालयमा भर्ना भए । त्यहाँ पनि उनले आफ्नो राजनीतिक यात्रालाई रोकेनन् । उनी राजनीतिक यात्राको दौरानमा कुदिरहे कुदिरहे । उनले गरेको योगदान र उनको कार्यशैलीका कारण प्राक सचिवको जिम्मेवारी पाए । त्यसलगत्तै उनी साङ्गठनिक मार्गको दौडमा उत्रिए । र २०४४ सालमा उनले प्राक अध्यक्षको जिम्मेवारी पाए । यसरी प्राक सचिव प्राक अध्यक्षको जिम्मेवारी सम्हालेसँगै उनीमा नेकपा एमालेप्रतिको मोह र काम गर्ने जाँगर झन् बढेर आयो । र,उनी जिल्लामा फर्किए । अनेरास्ववियुको २०४४ सालको सातौँ अधिवेशनबाट उनले जिल्ला सचिवको जिम्मेवारी पाए । फेरी पनि उनले आफ्नो यात्रालाई रोकेनन् निरन्तर लागिरहे र अनेरास्ववियुको आठौँ अधिवेशनबाट उनले अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि उनले विद्यार्थी राजनीतिबाट बिस्तारै हात उचाले र २०४६ सालमा तत्कालीन मालेको जिल्ला कमिटी सदस्य बने । त्यसपछि उनी नेकपा मालेबाट सक्रिय रूपमा लाग्दै आए । २०५५ सालमा पार्टीको क्षेत्रीय कमिटीको प्रमुख र जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीको भूमिका निर्वाह गरे । त्यसपछि २०६५ सालमा भएको पार्टीको सातौँ अधिवेशनबाट जिल्लाको सचिवको भूमिकामा रहे । पार्टीको आठौँ अधिवेशनबाट जिल्लाको अध्यक्षमा निर्वाचित भए । हाल उनी वाग्मती प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् । 


इन्द्रावतीमा झम्क नेपालले नै किन जित्नुपर्छ ? 

आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जुनसुकै हालतमा पनि जित्नु पर्ने नेकपा एमालेका उम्मेदवार झम्क नेपाल बताउँछन् । इन्द्रावतीलाई समृद्ध र इन्द्रावती गाउँपालिकाका जनतालाई सुखी बनाउनका लागि एमालेले जित्नुपर्ने नेपाल बताउँछन् । ‘जति जति बेला नेकपा एमालेले देशको नेतृत्व गर्छ त्यति बेला पूर्वाधारको विकासका लागि, सामाजिक न्यायका लागि, सुशासनका लागि, भ्रष्टाचार विरुद्धका लागि, समाजमा लोककल्याणकारी भूमिकालाई स्थापित गर्नका लागि काम गरेको हुन्छ । त्यसैले एमालेको उम्मेदवारले जित्नै पर्छ’,उनले भने । उनी इन्द्रावती गाउँपालिकाका जनता सुखी भएको हेर्न चाहन्छन् । हरेक नागरिक रोजगार भएको देख्न चाहन्छन् । त्यसैले उनी इन्द्रावती गाउँपालिकामा युवाहरूमा रोजगारीको सिर्जना गर्ने प्रतिबद्धता गर्छन् । ‘इन्द्रावतीका हरेक युवालाई रोजगारीको सिर्जना गर्छौ । गफले हैन कामले गर्छौ । हाम्रो यात्रा त्यो हो जुन यात्रा इन्द्रावतीका हरेक युवाको रोजगारीको यात्रा हो’,उनले भने । उनी बृद्धबृद्धाका लागि पनि नेकपा एमाले सधैँ साथ रहने बताउँछन् । ‘नेकपा एमाले वृद्ध बा आमाहरूको पार्टी हो जुन पार्टीमा न्यायको अनुभूति हुन्छ । हरेक बृद्धबृद्धाहरुको उचित सम्मानका साथ हामीले व्यवस्थापन गर्छौ’,उनले भने । 

यसअघि थोरै मतान्तरले पराजित भएका नेपाल यो पटक पुन दोहोरिएका छन् । नेपाललाई थोरै मतान्तरले पराजित गर्दै वंशलाल तामाङले अध्यक्षको हात पारेका थिए । तर,उनी यस पटक भने दोहोरिएका छैनन् । उनको ठाउँमा अहिले विकास लामाले नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय