सिन्धुपाल्चोक । नेकपा एमालेको तर्फबाट बलेफी ७ मा वडा सदस्यको उम्मेदवारी दिएका लेख बहादुर तामाङमाथि नेपाली कांगेसका सोही वडाका इकाई सभापति निर बहादुर तामाङ लगायतको समूहले हातपात गरेका छन् ।

 
शनिवार राती १० बजे उम्मेदवार तामाङलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सभापति तामाङ प्रवेश गरी एक्कासि कुटपिट गरेका गरेका थिए । ‘म सुतिरहेको थिए एक्कासि सुतेको ठाउँमा आएर म माथि कुटपिट भयो, आँखा, मुख र हातमा गम्भीर चोट लागेको छ’, घाइते उम्मेदवार तामाङले भने। 


उनको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । निर्वाचनको सम्मुखमा उम्मेदवार माथि गरिएको भौतिक आक्रमणको विरोध गर्दै दोषी उपर कानुनी कारबाही हुनुपर्ने एमाले नेताहरूको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय