सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले इन्द्रावती गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ । पटक पटकको छलफलपछि पनि उम्मेदवार टुङ्गो लगाउन सकस परेको एमालेले इन्द्रावतीमा आज उम्मेदवार टुङ्गो लगाएको हो । 

अध्यक्षको उम्मेदवारमा झम्क नेपाललाई नेकपा एमालेले उठाउने भएको छ । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा सानो मतान्तरले हारेका थिए । लामो समयदेखि नेकपा एमालेमा सक्रिय राजनीति गरेका नेपाल पूर्व जिल्ला अध्यक्ष हुन् । सङ्गठन विस्तारमा ध्यान दिने नेपाल हाल वाग्मती प्रदेश सचिवालय सदस्य छन् । त्यस्तै नेकपा एमालेले उपाध्यक्षमा शोभना तामाङलाई चयन गरेको छ । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को वडा सदस्यमा विजयी भएकी थिइन् । उनी पनि नेकपा एमालेबाट लामो समय देखि सक्रिय राजनीतिमा लाग्दै आएकी छिन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय