काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेसले खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।  

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गर्नुभएको हो । 

‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’ 

गठबन्धनसँगै कांग्रेस पनि सकिने अध्यक्ष ओलीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय