देवराज सुवेदी,मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची तिपेनी सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । अवरुद्ध बाटोको कारण गाउँदेखिकाठमाडौंसम्मको सीधा यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका यात्रुहरूलाई सास्ती भएको छ ।

मेलम्ची नगरपालिका अन्तर्गत पर्ने उक्त सडक खण्डको राम्चेमा पहिरो जाँदा यातायात सञ्चालन गर्न जोखिम देखिएपछि स्थानीय तहले नै मर्मतको लागि बाटो बन्द गरेको हो ।

बाटो मर्मतको काम भइरहेको भए पनि नियमित यातायात सञ्चालनको लागि दुई सातासम्म लाग्ने मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्कीले बताउनुभयो ।

बाढीका कारण मेलम्ची बजारमा पुल नहुँदा वैकल्पिक सडकको प्रयोग गर्दै आइरहेका पाँचपोखरीका स्थानीयहरूलाई बाटो अवरुद्ध भएसंगै खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीको ढुवानीमा समेत समस्या परेको छ । यस्तै गएराति भारी वर्षा पछि आएको बाढीका कारण मेलम्ची हेलम्बु सडक खण्ड पनि अवरुद्ध भएको छ ।

मेलम्ची ११ सिमखेतमा खोलाले सडक कटान गर्दा यातायात सञ्चालन हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । त्यस्तै मेलम्ची १० रामपुरबेसीमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय