
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक गरेको छ
उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रवार हुनेछ सचिवालयले जनाएको छ
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले २०७६ माघ ६ गते राजीनामा दिनुभएपछि संसद्मा उपसभामुख पद खाली रहेको छ ।
संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ ।