विश्वास नेपाल, 

वैशाख ३० को स्थानीय निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाका १२ पालिकाकाबाट जिल्ला परिषद्मा जाने २४ सिटमा काँग्रेस एक्लैको १२ छ भने एमालेको ७, माओवादी केन्द्रको ४ र एसको १ छ । सिन्धुमा काँग्रेस माओवादी गठबन्धनमा समस्या रहेकोले बाम शक्तिहरू एकै ठाउँ उभिए भने १२,१२ सिट हुने र गोला प्रथामा जान सक्ने अवस्था नआउला भन्न सकिन्न । काङ्ग्रेसले जिल्लामा एक मात्र स्थानीय तहमा चौतारा साँगाचोकगढी नगरपालिकामा पाँच मात्रै सदस्य जित्ने एस पार्टीको एक जना मात्र परिषद्मा भएकोलाई तान्ने प्रयास गरे पनि माओवादीको साथ छुटाउन कठिन छ । 

अब आउँदो मङ्सिर भित्र प्रदेश र सङ्घको चुनाव हुने भएकोले माओवादी केन्द्र स्वयम आफ्नो अस्तित्व जोगाउन काङ्ग्रेसको विपक्षी मोर्चामा जान बाध्य हुन्छ । त्यसको निम्ति एमालेसँग सहकार्य नगरेमा माओवादीमा आन्तरिक सङ्कट आउने निश्चित छ । अहिले नै काँग्रेसको हैसियत बढाउनमा प्रचण्ड प्रवृत्ति मूल दोषी भएको भन्दै माओवादी भित्रै असन्तुष्टिको आगो सल्कँदै गइरहेको छ ।काँग्रेसलाई मुख्य बर्गशत्रु ठहर गर्दै जनयुद्ध  सुरु गरेर १७ हजारको ज्यान गए पछि घुमिफिरी कि त त्यही काँग्रेसलाई काँधमा बोकेर हिँड्नु पर्ने अन्यथा पार्टी छोड्नु पर्ने नैतिक सङ्कटमा छटपटाएर कार्यकर्ताहरू कति दिन हिँड्ने भन्ने चिन्ता धेरैमा पाइन्छ ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा एकमा दुई अध्यक्ष जिते पनि उपाध्यक्ष र बहुमत माओवादी सँग छैन । एक नं। क्षेत्रमा त्रिपुरा सुन्दरी, भोटेकोसी र सुनकोसी गापाहरु र बाह्रबिसे नपा सहित ४ र दुई नं। क्षेत्रमा मेलम्ची नपा, हेलम्बु र पाँच पोखरी गरी ३ स्थानीय तहमा अरू पार्टीको सहयोग लिएर पनि एक सदस्य समेत जित्न नसकेर क्लीन स्वीप नै भयो । यी पालिकामा माओवादीले ठुलो मतान्तरले हार्‍यो । जिल्लामा जम्मा जम्मी ११ वडामा मात्रै जित्न सक्यो । एमालेबाट चोइटिएको एकीकृत समाजवादीले माओवादीको सहयोगमा माओवादीलाई नै कलम चिन्ह दिएर एक सिट मात्र जित्न सफल भयो जबकि एमाले अधिकांश वडामा एक्लै ३७ सिटमा विजय भयो । आगामी सङ्घ र प्रदेशको निर्वाचनमा पनि यही स्थिति कायम रहेमा माओवादी धेरै पछि पर्ने देखिन्छ । तुलनात्मक रूपमा गठबन्धनको उत्साहले काँग्रेस बलियो भएको र नेपाली कम्युनिस्ट आन्दोलनमा यो घटना माओवादीको निम्ति अभिशाप हुने निश्चित छ ।

जिल्लाको लोकप्रिय मतमा एमालेले काँग्रेसलाई समेत पछि पारेको छ । माओवादी केन्द्र त झन्डै आधा सङ्ख्याले कम छ । एमालेले ६२,०७८, काँग्रेसले ५६,४३९, माओवादी केन्द्रले ३,९१६९, राप्रपाले ६,७८३, एसले ४,०७८, मत पाएका छन् । ०७४ को तुलनामा राप्रपा बाहेक सबैको मत बढेको पाइन्छ । वार्ड अध्यक्षहरूमा पनि काङ्ग्रेस अगाडी देखिन्छ । उक्त पार्टीले ५२ सिट जित्न सफल भयो । जुगल, पाँच पोखरी जस्ता पालिकामा एमाले विरुद्ध सबै मिले । सुनकोसीमा एमालेले माओवादीसँग गरेको सहकार्य आंशिक रूपमा मात्र सफल भयो । जिल्ला समन्वय समितिको निर्वाचनमा काङ्ग्रेस एक्लैको १२, एमालेको ७, मा.के.को ४ र एसको १ मत रहेको छ । वामपन्थीहरू मिल्दा १२,१२ मत भई गोला प्रथामा जानु पर्ने हुन्छ । गठबन्धनका पक्षधरहरू अन्योलमै देखिन्छन् ।

यस्तो स्थिति मुलुक भरिकै हो । तर पनि प्रचण्ड र माधव नेपालहरू किन गठबन्धन जोगाउन पर्छ भनेर काँग्रेसलाई अझै बलियो बनाउने दौडमा छन् भन्ने प्रश्न सबै तिरबाट उठिरहेको छ । सरकारी पद जोगियो भने सबै स्वार्थ पुरा हुन्छ भन्ने सोचमा त छैनन् उनीहरू रु एमालेलाई कमजोर पार्ने काममा लाग्दा आफै सिद्धिन्छौ भन्ने चेतको अभाव मा।के। मा प्रस्टै देखियो । प्रमुख बाम नेताहरूले आफ्ना धारणाहरूलाई समयाकुल बदल्न आवश्यकता छ । मेरो गोरुको बाह्रै टक्का भनेर बाम शक्ति विभाजित भइरहने हो भने छिमेकी देश भारतको स्थिति बेहोर्नु पर्ने छ ।

 लेखक प्रोग्रेशिभ इन्जिनियरिङ एसोसिएसन सिन्धुपाल्चोकका जिल्ला सचिव हुन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय