सिन्धुपाल्चोक। दावा लामा । यो नाम नसुनेका प्राय बिरलै होलान् । दावा र समाजसेवा एक अर्काका पर्याबाची हुन् भन्दा फरक नपर्ला ।

लामो समय देखि सामाजिक अभियन्ताका रुपमा असाहाय,अनाथ र गरिब परिवारका बालबालिकाको शिक्षाको लागी सक्रिय रुपमा लागीरहेका लामा शैक्षिक क्षेत्र सुधारका लागी पनि सक्रिय रुपमा लागिरहेका छन् । गुड ह्याण्ड्स नेपाल नामक संस्थाका सञ्चालक लामाले देशका थुप्रै ठाउँका बिद्यालयहरुलाई सहयोग गरिसकेका छन्।

लामाले गरिब ,अनाथ ,अशाहय बालबालिकालाई शिक्षा दिदै गरिब परिवारलाई विभिन्न हिसाब्ले आर्थिक ,भौतिक सहयोग गर्दै आएका छन् । विकट जिल्लाका विद्यालय लाई शैक्षिक सामग्री वितरण समेत गर्दै आएका छन् लामाले ।

मानिसको चाहाना न हो । हरेक पल र बेलामा मन स्थीर बस्दैन । केहि न केहि गरौँ भन्ने कुरा छताछुल्ल भएर पोखिदिन्छ । सामाजिक अभियन्ताका रुपमा सक्रिय लामालाई राजनितिको हुटहुटीले बेचेन बनायो ।

स्थानीय तहको निर्बाचन मार्फत जनताको सेवा गर्ने ईच्छा राखेका लामाले एमालेबाट हेलम्बु गाउँपालिका अध्यक्षको टिकट पनि पाए । सामाजिक कार्यमा सक्रिय भएर पनि होला जनतामाझ लोकप्रिय लामालाई घरदैलो कार्यक्रममा अझ बढी हौसला मिल्यो । टिकट त पाए तर लामालाई हेलम्बुका पालिका अध्यक्ष निमा ग्याल्जेनसंग भिड्न त्यति सजिलो थिएन ।

लामाका लागी पहिलो अनुभव थियो त्यसैले पनि केहि तौर तरिका पक्कै मिलेको थिएन । पहिलो पटक जनतामाझ गएका लामाले जनताबाट लोकप्रिय मत भने बटुले ।

लामाको पक्षमा ४ हजार ६ सय ४ जनाले मतदान गरे । तर लामाले निमा ग्याल्जेन संग ७ सय ८२ मतान्तरले पराजय ब्यहोर्नुपर्यो ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं २ मा जन्मनु भएका दावा लामाले देखेको समृद्ध हेलम्बु निर्माण र हेलम्बु गाउँपालिकाको मुहार फेर्ने सपना यस पटक पुरा हुन सकेन ।

तर जनताबाट राम्रै साथ र सहयोग भने पाए । शैक्षिक सुधारमा अहोरात्र खटिएर एक कुशल अभियन्ता बन्न सफल लामालाई राज्यले सम्मान गर्यो रास्ट्रपति बिद्यादेवी भण्डारीबाट वरिष्ठतम् राष्ट्रिय विभूषणबाट सम्मानित भए । राज्यले उनको योगदानको कदर गरे तर हेलम्बुका जनताले राम्रोसंग चिनेन ।

स्थानीय तहको निर्बाचनमा पराजय ब्यहोरेका लामाले हेलम्बु गाउपालिकाको अध्यक्ष पदको उम्मेदवार भै आफुलाई जनताको सेवक बन्न योग्य भए नभएको परिक्षण गर्ने अवसर मिलेको बताएका छन् । जित ,हार एक स्वभाभिक प्रकृया हो । तर परिक्षण गर्ने मौका त्यहि नै गौरबको बिषय हो उनले भने ।

लामाले हेलम्बुबासीले दिएको माया सद्भाव र स्नेहको आफु सदैव ऋणी रहने बताएका छन् । मतदानका क्रममा आफुलाई सहयोग गर्ने सम्पूर्ण मतदमता र सहयोग गर्ने टोलीलाई जिवन भर नभुल्ने समेत उनले बताए ।

लोकतन्त्रमा जनताको मत नै सबैभन्दा महत्वपूर्ण बिषय भएकाले हारलाई पनि एउटा जित र अबसरको रुपमा लिएको उनले बताएका छन् ।

प्राप्त जनादेशको कदर गर्दै आफ्नो जिम्मेवारीलाई ईमानदारिपुर्वक निर्वाह गर्ने गराउने प्रतिबद्धा समेत उनले ब्यक्त गरेका छन् ।

हेलम्बु गाउपालिका अध्यक्षमा निर्बाचित निमा ग्याल्जेन सहित सम्पूर्ण बिजयी जनप्रतिनिधिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय