काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने हुनुभएको छ । प्रदेश प्रमुखले २३ गते डाकेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची राख्न सिफारिस भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ ।

विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे)को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लाग्नुभएको हो

मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायरगर्नुभएको थियो । उक्त रिट सर्वोच्च वैशाख १७ गते खारेज गरिदिएको थियो ।

अधिकारीलाई २ सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन नगर्ने संकेत गरेको छ । यो अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ । तर, सर्वोच्चको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरू दाबी गर्दै आएका छन् । कांग्रेसका नेताहरू भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन तर्कमा छन् । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय