जापान पठाइदिन्छु भन्दै २१९ जनालाई ठग्ने गिरोह पक्राउ, प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । जापान पठाइदिन्छु भनेर नागरिकता दुरुपयोग गरी करिब दुई करोडभन्दा बढी ठगी गर्नेहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई सार्वजनिक गरेको हो । प्रकाउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी-७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका थिए । पाण्डे झापा गौरादहका हुन् ।उनीहरुले वैदेशिक रोजगारको नाममा जापान पठाइदिने भनि आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २१९ जनालाई ठगी गरेको प्रहरीले जनाएको छनारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका पाइएको खुलेको छ ।पुतलीसडकमा रहेको सो कल्सलटेन्सीबाट रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै ४ लाखदेखि ७ लाख रुपैयाँसम्म असुल गरेर ठगेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय