सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र -१ बाट आगामी निर्वाचनका लागि माधव सापकोटा ‘सुबोध’ को एकल नाम सिफारीस गरेको छ।
पार्टीको आज जिल्लाको खाडीचौरामा बसेको १ नं क्षेत्रीय समितिको बैठकले सापकोटाको एकल नाम सिफारीस गरेको हो ।
बैठकमा पूर्व साम्सद द्वय राजकुमार श्रेष्ठ र सिंह बहादुर विश्वकर्माले सापकोटाको नाम प्रस्ताव गरेका थिए भने बागमती प्रदेस सभा सदस्य सरल सहयात्री पौडेलले समर्थन गरेका थिए । सापकोटा यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2020-2026, All Right Reserved subhatime.com | Website by Nabin Bhatta
