सिन्धुपाल्चोक । नेकपा एमाले इन्द्रावती गाउँ कमिटीले इन्द्रावती  गाउँपालिकाको अध्यक्षका लागि नौ जनाको नाम सिफारिस गरेको छ । अध्यक्षका आकाङ्क्षी नौ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।

योसंगै अब पार्टीले कसलाई पत्याउला भन्ने खुलदुली नेता तथा कार्यकर्ताहरूमा सर्वत्र चुलिएको छ । गाउँ कमिटीको पूर्ण बैठकले झम्क नेपाल,खिलबहादुर गिरि,डालबहादुरसापकोटा,विष्णुमणी आचार्य,शशिनाथआचार्य ,चन्द्र थिङ,डबले लामा,शिवहरी सापकोटा,बाबुराम लामालाई सिफारिस गरेको हो ।

झम्क नेपाल नेकपा एमाले सिन्धुपाल्चोकका पूर्व जिल्ला अध्यक्ष हुन । उनी २०७४ सालको प्रत्याशी उम्मेदवार  हुन् । उनी हाल नेकपा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य छन् । उनको नाम जिल्लामा सिफारिस भएता पनि उनको पुनः अध्यक्षमा उठ्ने चाहना नभएको बुझिएको छ । खिलबहादुर गिरि पनि अध्यक्षको आकाङ्क्षी हुन । उनी हाल जिल्ला कमिटी सदस्य छन् । त्यस्तै डालबहादुर सापकोटा पनि अध्यक्षका आकाङ्क्षी हुन् । उनी पनि पार्टीले पत्याए पछि नहट्ने बताउँछन । वाग्मती प्रदेश कमिटी सदस्य विष्णुमणी आचार्य पनि पार्टीले जिम्मेवारी दिए कुनै हालतमा पछि नपर्ने बताउँछन् । उनी पार्टीले आफूलाई जिम्मेवारी दिए पनि अरू साथीलाई जिम्मेवारी दिए पनि नेकपा एमालेलाई कुनै हालतमा जिताउने दाबी गर्छन् ।

त्यस्तै अधिवक्ता समेत रहेका हालका इन्द्रावती गाउँ कमिटीका अध्यक्ष शशिनाथ आचार्य पनि पार्टीले जिम्मेवारी दिए कुनै हालतमा पछि नहट्ने बताउँछन् । पार्टीले योग्य उम्मेदवार छान्नु पर्ने उनको भनाई छ । उनी इन्द्रावतीमा नेकपा एमालेले जुनसुकै हालतमा जित्नुपर्ने बाध्यता रहेको बताउँछन् । उनको पालिका अध्यक्षको उम्मेदवारमा स्ट्रोङ्ली दाबी छ । त्यस्तै जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र थिङ पार्टीले युवा उम्मेदवार उठाउनु पर्ने बताउँछन् । उनी टिकट जसले पाए पनि इन्द्रावतीमा एमालेलाई जिताउन कुनै कसुर नछाड्ने बताउँछन् । पार्टीले युवा उम्मेदवार उठाउनेमा थिङ विश्वस्त छन् । इन्द्रावती गाउँ कमिटीका इन्चार्ज डबले लामाको नाम पनि जिल्ला कमिटीमा सिफारिस भएको छ ।  जिल्ला कमिटी सदस्य शिवहरी सापकोटा पनि आकाङ्क्षी हुन । उनको नाम पनि जिल्ला कमिटीमा सिफारिस भैसकेको छ । त्यस्तै इन्द्रावती ९ का वडा अध्यक्ष बाबुराम लामाको नाम पनि जिल्लामा सिफारिस भएको छ ।

यो संगै इन्द्रावतीमा नेताहरुको टिकटका लागि दौडधुप चलिरहेको छ । इन्द्रावतीमा युवा उम्मेदवार उठाउनु पर्ने एमाले कार्यकर्ताको माग छ । झम्क नेपालको नाम जिल्लामा सिफारिस भएता पनि उनको पुन : अध्यक्षमा दोहोर्याउने चाहना नरहेको बुझिएको छ । दोस्रो पुस्ताका नेताहरु विष्णुमणी आचार्य,खिल बहादुर गिरि, डालबहादुर सापकोटाको पनि पार्टीले जिम्मेवारी दिए नछाड्ने र आफू भन्दा योग्य उम्मेदवार आए अरुलाई नै सहयोग गर्ने बुझिएको छ । तेस्रो पुस्ताका नेताहरुमा भने स्ट्रोङ्ली दाबी रहदै आएको  छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय