मेलम्ची । मेलम्ची नगरपालिकाको मेयर र उपमेयर का उम्मेदवार बालकृष्ण देउजा र उमा प्रधानले दुई वटा वडामा घरदैलो कार्यक्रम सकेका छन् । वैशाख १२ गते मनोनयन दर्ता गरेर प्रचारप्रसारका लागि १४ गतेदेखि घरदैलो सुरु गरेका देउजा र प्रधानले आजसम्म दुई वटा वडामा पुगिसकेका छन् ।

मेलम्ची नगरपालिकामा १३ वटा वडा छन् । गठबन्धनका दलहरू पार्टीभित्रका असन्तुष्टहरूलाई फकाउन नसकिरहेका बेला एमाले बाट उम्मेदवार बनेका देउजा र प्रधानले घरदैलोलाई तीव्र बनाएका छन् ।

आज भएको घरदैलो कार्यक्रममा पुगेका मेलम्ची नगरपालिकाको मेयर र उपमेयर का उम्मेदवार बालकृष्ण देउजा र उमा प्रधानले हरेक टोल समुदायले दिएको हौसलाले आफू हरू उत्साहित बनेको बताए । समृद्ध र सुशासनयुक्त नगर निर्माणको अभियानमा सहयोग याउन सूर्य चिन्हमा मतदान गरिदिन उहाँहरूले अपिल समेत गर्नुभयो ।

मेलम्ची नगरपालिकामा नेकपा एमालेका उम्मेदवार हरुलाई विजयी गराउन स्थानीयले टोल–टोलमा भेला गरी रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजय गराउने उद्देश्यले वडाका सबै टोलमा भेला आयोजना गरी प्रचारप्रसार को काम तीव्र पारिएको नगर कमिटी सचिव शालिग्राम अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय