सिन्धुपाल्चोक । बलेफी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराउन नारायण काजी श्रेष्ठ र सपना थापा बलेफी गाउँपालिकाको निर्वाचन कार्यलय पुग्नुभएको छ ।  

बलेफी गाउँपालिकाको अध्यक्षका उम्मेदवार नारायण काजी श्रेष्ठ र उपाध्यक्षका उम्मेदवार सपना थापा जुलुस सहित निर्वाचन कार्यलय बलेफी पुग्नुभएको हो । निर्वाचन कार्यलय पुगेपछि उहाँहरुले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने आज अन्तिम दिन भएकाले हालसम्म देशभर २३ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय