सिन्धुपाल्चोक । दि सिन्धुपाल्चोक बिजनेश क्लबको अध्यक्षमा नयनबहादुर पण्डित क्षेत्री चयन हुनु भएको छ ।
आज डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरमा सम्पन्न चौथो अधिबेशन तथा ११औं साधारणसभाबाट अध्यक्षमा क्षेत्री लगायत सम्पूर्ण सञ्चालक समिति निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिबक्ता प्राणनाथ न्यौपानले जानकारी दिनुभयो । समितिको प्रथम उपाध्यक्षमा अमृतकुमार खड्का, द्धितिय उपाध्यक्षमा डोरबहादुर भण्डारी, महासचिवमा रत्नप्रसाद पराजुली र कोषाध्यक्षमा रामचन्द्र पराजुली सहित १३ सदसिय समिति चयन गरिएको उहाँले जानकारी दिनुभयो । सदस्यहरुमा शम्भु विक्रम थापा, हरिओम मकाजु, रामनाथ मैनाली, राजकुमार तिमल्सिना, राजेन्द्रवहादुर रिजाल, मुके शेर्पा हुनुहुन्छ ।


कार्यक्रममा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य नरेशलाल श्रेष्ठले क्लव स्थापना र क्लवको उद्देश्यको वारेमा जानकारी गराउनुभयो ।
सिन्धुपाल्चोकबाट राजधानी आएर व्यापार व्यवसाय गर्दै आएका उत्साही युवाहरुले स्थापना गरेको दि सिन्धुपाल्चोक विजनेश क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आएको छ । संस्थाले हेलम्बु मेलम्ची बाढि प्रभावित, बिभिन्न स्कुलमा ब्याग तथा पोशाक बितरण, बिभिन्न गम्भिर रोग लागेकाहरुलाई सहयोग लगायत बिपक्तिमा परेकालाई सहयोग गर्ने गरेको दि श्रेष्ठले बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वतावरण मन्त्री एबम् क्लबका संस्थापक मसिना खडका भण्डारीले शुभकामना ब्यक्त गर्दै सामाजिक कार्यहरुलाई अझ बढाउँदै अघि बढ्न सम्पूर्ण नवनिर्वाचित सञ्चालक समितिलाई आग्रह गर्नुभयो ।


क्लवका पुर्व अध्यक्ष एवं लक्ष्मी सनराईज बैंकका सञ्चालक दिनेश पौड्यालले क्लवका एक दशकको कार्यहरुको वारेमा, कार्यक्रमका सभापति अमृत कुमार खड्काले समाज सेवामा आफ्नो धारणा प्रष्ट्याउनु भयो । नेपाल हिमालय सिमापार वाणिज्य संघका नवनिर्वाचत कार्यसमितिलाई वधाई, सम्मान तथा शुभकामना व्यक्त गर्नुभयो । सम्मान पश्चात वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले दि सिन्धुपाल्चोक विजनेश क्लव र नेपाल हिमालय सिमापार वाणिज्य संघ आपसि सहकार्य गरेर समाजसेवामा अगाडि बढ्ने वताउनु भयो। वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे “सागर” ले आफ्नो मस्तिष्कमा नै समाजसेवा रहेकोले सोहि अनुरुप अगाडि बढ्ने वताउनुभयो । क्लवका महासचिव एवं लायन्स क्लव ईण्टरनेशनल ३२५ एम का चिफ डिष्ट्रिक्ट एडभाईजर रत्न पराजुलीले सञ्चालन गर्नु भएको कार्यक्रममा www.sbc.org.np वेव साईटको शुभारम्भ गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष नयन पण्डितले सम्पुर्ण सदस्यहरुको भावनालाई समेटेर क्लव अगाडि बढ्ने वताउनुभयो । नेपाल भरिका साथिहरु समेटेर समाजसेवामा हातेमाले गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।
आजै मेलम्ची ११ कि मृगौला लगायत रोगको उपचाररत सविता श्रेष्ठलाई रु १५ हजार सहयोग समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय